३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा मङ्गलबार ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए

२९ पुष २०७७, बुधबार ०७:०१

पुस २९, काठमाडौँ | चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।  

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका ११५ सङ्क्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको  र अरु विदेशबाट आएका हुन् । चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । 

मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट