३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा

२ माघ २०७७, शुक्रबार १३:१२

माघ २, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताउनुभएको छ ।

डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताउनुभयो । 

न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान विश्वव्यापी महामारीको स्थितिको आधारमा र अन्य देशहरूद्वारा गरिएको व्यवस्थाको आधारमा तर्जुमा गरिएको पनि उहाँले बताउनुभयो । यो अभियानको उद्देश्य महामारी रोकथाम र नियन्त्रण सुनिश्चित गर्दै चिनियाँ र विदेशी कर्मचारीहरूबीच आपसमा अनुभव आदानप्रदानको ग्यारेन्टी गर्नु रहने भएको उहाँको दावी थियो ।  “महामारीको रोकथाम र नियन्त्रणका साथै सुरक्षाको रक्षार्थ ‘क्रस इन्फेक्सन’को जोखिमलाई न्यूनीकरण गर्नु पनि चीनले कमाएकोे उपलब्धी रहेको र यसको उक्त टोलीले प्रशंसा गरेको बताइएको छ । 

चीनले महामारीको रोकथामसम्बन्धी नियम र आवश्यकताको कडाईका साथ पालन गर्नेछ र डब्ल्यूएचओ विशेषज्ञहरूलाई सहयोग पु¥याउनेछ । चीनले वुहानमा रहँदा उक्त टोलीलानई भाइरसको उत्पत्ति पत्ता लगाउन सहयोग पु¥याउने पनि झाओले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट