Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०४ गते, अपराह्न ५:५० बजे समाज, सुर्खेत - SKT

बुलबुले तालमा फसेको जरायोको उद्धार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ४, सुर्खेत । </b>सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । उक्त तालमा फसेर घाइते भएर अचेत बनेको करीब तीन वर्षको जरायोलाई आज उद्धार गरी उपचार शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेत सहायक वन अधिकृत टेक रावलले जानकारी दिनुभयो । तालको बीचमा जरायो फसेको भन्ने स्थानीयवासीबाट खबर पाएपछि तत्काल डिभिजन वन कार्यालयको टोलीले त्यहाँ पुगेर उद्धार गरेको सहायक वन अधिकृत रावलले बताउनुभयो ।&nbsp;<br></p><p>उहाँका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जङ्गलबाट बाहिर निस्केको र अचेत अवस्थामा दौडिँदा बुलबुलेको तारजालीमा ठोक्किएर घाइते भएको अनुमान गरिएको छ । बच्चा जरायोको टाउकामा चोट लागेकाले उपचार गरेर निको भएपछि काँक्रेविहार जङ्गलमा छाडिने उहाँले बताउनुभयो । राति जङ्गलमा चोरीसिकारी बढ्न थालेपछि पछिल्लो समय काँक्रेविहार जङ्गलमा रहेका जनावर असुरक्षित बन्दै गएको स्थानीयवासी बताउँछन् ।</p>