2026-09-19 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

माघ ७, कैलाली । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो । 

विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र सङ्काय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताए । उनका अनुसार स्नातक छैटौ र आठौ सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।

बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई