साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने"/>
२६ चैत्र २०८१, मंगलवार
अर्थ/विकास

नवलपरासीको फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर अन्वेषण गरिने

२० श्रावण २०७३, बिहीबार १०:०१

साउन २०, नवलपरासी ।  खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने भएको छ ।  फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ड्रिलिङ गर्न थालिएको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी गराउनुभयो । 


उहाँका अनुसार दुई पटक सर्भे गरिसकेको उक्त खानीमा विभागले अन्वेणनात्मक ड्रिलिङपश्चात् फलामको परिमाण पत्ता लगाएपछि उत्खनन गर्ने छ ।  रामेछापको ठोसे र फुलचौकीको भएको फलाम खानीभन्दा गुणस्तरीय फलाम निस्कने भएकाले विभागले अन्वेणनात्मक ड्रिलिङ गर्न थालेको हो । 


तर नवलपरासीको उक्त फलाम खानीमा ४० देखि ६० प्रतिशत फलाम रहेको अनुमान गरिएको छ ।  रामेछापमा रहेको फलाम खानी फलाम उत्पादन गर्न योग्य नभएपछि सिमेन्ट उद्योगलाई दिइएको छ । रामेछापमा एक करोड टन फलाम खानी रहेको छ । 


फुलचौकीमा रहेको फलाम खानी पनि ४० प्रतिशतले भन्दा कम फलाम भएकाले फलाम उत्पादन नहुने भएपछि विभागले अन्य कम्पनीलाई उत्खननको लागि जिम्मा दिएको प्रवक्ता झाले बताउनुभयो ।  नवलपरासीको धौवादीमा रहेको फलाम खानी जमिन माथि नै भएकाले ड्रिलिङ गर्न सजिलो हुने वरिष्ठ मेटलर्जिकल इन्जिनियर समेत रहनुभएको झाले जानकारी गराउनुभयो । 


धौवादीमा १० किलोमिटर क्षेत्रसम्म उक्त फलाम खानी फैलिएको छ । करिब पाँच करोड टन फलाम खानी भएको प्रारम्भिक अध्ययनले देखाएको प्रवक्ता झाले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार