2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

January 27, 2021

माघ १४, काठमाडौँ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ । 

समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व रक्षा गर्न, खाद्य सम्प्रभूताको सम्मान गर्न, जैविक विविधता र पर्यावरण संरक्षण गर्न, आत्मनिर्भरमुखी रैथाने खेतीपाती पद्धतिको संरक्षण गर्न, कृतिम रसायन र जिएमओको उच्चतम प्रयोगबाट मानव स्वास्थ बचाउन आग्रह गरिएको छ । समूहले नेपाली संस्कृतिमा आधारित कृषि प्रणालीको संरक्षण गर्न, खेतीयोग्य जमीनको स्वामित्व हस्तान्तरण रोक्न, किसानको आंशिक वा पूर्ण स्वरोजगारको संरक्षण गर्न, जलवायु परिवर्तन, उत्पादनको साधन भूमि र प्राकृतिक स्रोत माथि विदेशी हस्तक्षेप हुन नदिन र समग्र प्रकृतिमैत्री तथा जीवनमैत्री कृषि प्रणाली कायम गर्न सम्बद्ध एवं सरोकारवालाको ध्यानाकर्षण गरेको छ । 

समूहका संयोजक उद्धव अधिकारीले कृषिमा विदेशी लगानी भित्र्याउँदा नेपालको विशिष्ठ पहिचान र दुईतिहाई नागरिकको पारिवारिक पेशा र उनीहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने र नेपालको मौलिक कृषि प्रणालीमाथि नै प्रहार हुने बताउनुभयो । उहाँले नेपालजस्तो सानो मुलुकमा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानीमार्फत ठूलाठूला विदेशी कम्पनीहरुको प्रवेशले निर्वाहमुखी, साना तथा मझौला मात्र नभई धनी तथा व्यावसायिक किसानहरु समेत प्रतिस्पर्धामा उत्रन नसक्ने, नेपाली किसान तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्यप्रणाली नै विदेशीको हातमा पु¥याउने हुँदा यस्तो निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । 

पछिल्लो पाँच दशकयता कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गरी बढी मुनाफा वा फाइदा लिने प्रलोभन देखाई कृषकलाई रासायनिक मल तथा विषादीको प्रयोग गर्न लगाउँदा जैविक विविधता, वातावरण र जनस्वास्थ्यमा असर परेको उल्लेख गर्दै उहाँले अब कृषिमा विदेशी लगानी ल्याउँदा त्यसले अझ भयावह अवस्था सिर्जना गर्ने बताउनुभयो । कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि गर्ने, कृषि उपज आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेका उत्पादित वस्तुहरुको उचित मूल्यसहित बजार सुनिश्चित गर्ने, जलवायु अनुकुलित रैथाने तुलनात्मक लाभका बालीलाई  प्रवद्र्धन गर्न सकिएमा विदेशी लगानी ल्याउनु पर्ने आवश्यकता नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक