१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूलधारमा फर्कन अर्को समूहलाई ओलीको आह्वान

१४ माघ २०७७, बुधबार १२:३५

माघ १४, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्का समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताएका हुन् ।

कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’जनाएको छ । उनले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट पारे । उनले जनतालाई तर्साउने र अल्मलाउने तथा जातीय भड्काउको नारा उराल्ने जमाना गइसकेकाले त्यस्ता प्रवृत्तिलाई जनताले चिनिसकेको पनि बताए । 

अध्यक्ष ओलीको प्रश्न थियो, “हामी विसं २०४७ मा पार्टीको चुनाव चिह्न सूर्य चयन गरेका हौँ । त्यो चिह्न मैले नै छानेको हो । कहिल्यै सूर्य चिह्नबाट निर्वाचन नलडेकालाई कहिले किन त्यो चिह्न चाहियो ?” उनले आफूले भारतले मिचेको नेपाली भू-भाग फिर्ता ल्याउँछुभन्दा नक्कली राष्ट्रवाद भन्नेले विगतमा आफू सरकारमा हुँदा किन नयाँ नक्सा जारी गर्न नसकेको र चीनसँग व्यापार तथा पारवाहन सन्धिसम्झौता गर्न नसकेको भनी प्रश्न गरे ।

कार्यक्रममा नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याई स्थिरता दिने बताए । उनले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ