2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूलधारमा फर्कन अर्को समूहलाई ओलीको आह्वान

January 27, 2021

माघ १४, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्का समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताएका हुन् ।

कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’जनाएको छ । उनले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट पारे । उनले जनतालाई तर्साउने र अल्मलाउने तथा जातीय भड्काउको नारा उराल्ने जमाना गइसकेकाले त्यस्ता प्रवृत्तिलाई जनताले चिनिसकेको पनि बताए । 

अध्यक्ष ओलीको प्रश्न थियो, “हामी विसं २०४७ मा पार्टीको चुनाव चिह्न सूर्य चयन गरेका हौँ । त्यो चिह्न मैले नै छानेको हो । कहिल्यै सूर्य चिह्नबाट निर्वाचन नलडेकालाई कहिले किन त्यो चिह्न चाहियो ?” उनले आफूले भारतले मिचेको नेपाली भू-भाग फिर्ता ल्याउँछुभन्दा नक्कली राष्ट्रवाद भन्नेले विगतमा आफू सरकारमा हुँदा किन नयाँ नक्सा जारी गर्न नसकेको र चीनसँग व्यापार तथा पारवाहन सन्धिसम्झौता गर्न नसकेको भनी प्रश्न गरे ।

कार्यक्रममा नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याई स्थिरता दिने बताए । उनले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते