२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन घट्यो हुवावेका स्मार्टफोनको बिक्री ?

२०७७, १६ माघ शुक्रबार ०८:३५

माघ १६, बेइजिङ । चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो । 

गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान बिक्री भएको क्यानालिसले जनाएको छ । औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्प (आइडिसी) ले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको जनाएको थियो ।

क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावे निकै कठिन समयबाट गुज्रिरहेको बताउनुभयो । अमेरिकी प्रतिबन्धहरुका कारण हुवावेले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उहाँको भनाई छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावे राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकी बजारमा हुवावेको प्रवेशलाई निषेध गर्नुका साथै अमेरिकी गठबन्धनका अन्य मुलुकलाई समेत यही नीति अबलम्बन गर्न दबाब दिनु भएको थियो । 

हुवावेले मोबाइल डिभाइसका अतिरिक्त पाँचौं पुस्ताको तिब्र गतिको इन्टरनेट र दूरसंचार उपकरणहरु पनि उत्पादन गरिरहेको छ । हुवावेले चीनका लागि जासुसी गर्ने गरेको अमेरिकी दाबी असत्य रहेको हुवावेको भनाई छ । अमेरिकी सरकारले हुवावेले जासुसी गरेको आरोप पुष्टी गर्न नसकेको पनि हुवावेले बताएको छ । 

हुवावे गत वर्ष केही समय विश्वमै सबैभन्दा बढी फोन उत्पादक कम्पनी बनेको थियो । हाल विश्वमा सामसुङ, एप्पल मात्र होइन चिनियाँ कम्पनीहरु साओमी र ओप्पोभन्दा पछि हुवावे छ ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली