१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

१९ माघ २०७७, सोमबार ०७:५२

माघ १९, काठमाडौँ । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट  पार्टी(नेकपा) दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् । 

प्रदेशसभा सदस्यले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको उक्त समूहको आरोप छ । 

नाराबाजीअघि नेकपा दाहाल–नेपाल समूहको संसदीय दलले पत्रकार सम्मेलन गरी बैठक स्थगनको विरोध गरेको थियो । पत्रकार सम्मेलनमा अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका रुपमा प्रस्तावित शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको आरोप लगाए । 

प्रदेशसभा सदस्य शाक्यले सबै सदस्य बैठकमा भाग लिन हेटौँडा आइसकेपछि राति विद्युतीय सूचना जारी गर्दै बैठक स्थगनको सूचना आउनु विधि र पद्धति विपरीत भएको जनाउँदै सभामुखलाई उक्त निर्णय फिर्ता लिँदै बैठक राख्नुपर्ने माग गरे ।उनले भने, “दलको छलफलविना यसरी बैठक सारिनु गलत छ”, सभामुखले तत्काल बैठक आह्वान गर्नुपर्छ ।” उनले बैठक तत्काल बोलाउन पाउने अधिकार सभामुखमा सुरक्षित रहेको जनाउँदै सभामुख सबैको साझा भएकाले सबैसँग छलफल गरेर निर्णय लिनुपर्ने बताए । 

निवर्तमानमन्त्री शालिकराम जम्कट्टेलले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नबसी बैठक स्थगन भएकामा अपत्ति जनाए । नेकपा वाग्मती प्रदेश संसदीय दलका उपनेता जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव छलफलका लागि पेश भइसकेकाले तत्काल बैठक राखेर उक्त प्रक्रिया अगाडि बढाइनुपर्ने बताए । 

एक दिनअघि प्रदेशसभाले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गरिएको जनाएको थियो ।  प्रदेशसभाको अर्काे बैठक सभामुख श्रेष्ठले आज अपराह्न २ बजे बस्ने गरी स्थगन गरिएको थियो । प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले गर्दा आगामी फागुन ५ गते अपराह्न २ बजेका लागि सरेको छ । 

यता उपसभामुख राधिका तामाङले बैठक स्थगन गर्नेबारे आफूलाई पूर्वजानकारी नभएको बताए । बैठक स्थगनको खबरबारे आफू बेखबर रहेको उहाँले पत्रकारलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ