माघ २०, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले म्यान्मार बिरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएको छ । सोमबार म्यान्मारमा सैन्य कू गरिएपछि विश्वभर म्यान्मारको राजदूतावासबाहिर सैन्य कदमको विरोध गर्दै प्रदर्शनहरू भएका छन् ।
संयुक्त राष्ट्रसङ्घ, अमेरिका र यूकेले म्यान्मारको सैन्य कूको निन्दा गरेका छन्। सेनाले सोमवार राष्ट्रपति र नेत्री आङ सान सू चीसहित नागरिक नेताहरूलाई नियन्त्रणमा लिएर देशमा एक बर्षको लागि सङ्कटकाल घोषणा गरेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारविरुद्ध पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन्। यसअघि गत दशकमा म्यान्मारमा प्रजातन्त्र स्थापना भएपछि अमेरिकाले प्रतिबन्धहरू फिर्ता लिएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिवले सेनाले गरेको कूलाई प्रजातान्त्रिक सुधारका लागि गम्भीर प्रहार भएको बताएका छन् ।
उनले परेका कम्तीमा ४५ जनालाई मुक्त गर्न माग गरेको छ । त्यस्तै बेलायतका प्रधानमन्त्रीले पनि उक्त कदमलाई अवैधानिक ब्व्ह्नेका छन् ।बिबिसी