माघ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा(प्रचण्ड-नेपाल )समूहले पार्टीको आधिकारिकता दाबि गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । मंगलबार नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल बरिष्ठ नेता झलनाथ खनाल नेकपा पार्टीको आधिकारिकता दाबि गर्दै निर्वाचन आयोग पुगेका हुन् ।
संसद विघटनपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाबी गर्दै प्रचण्ड-नेपाल समूह र ओली समूहले निर्वाचन आयोगले पत्र पठाएका थिए । आयोगले दुवै समुहको दाबी अस्विकार गरेको थियो । गत पुसमा प्रचण्ड -नेपाल समूहको केन्द्रिय कमिटि बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो ।
याता ओली समूहले भने ४ सय ४१ केन्दीय कमिटीलाई बिस्तार गरेर ११ सय ९९ सदस्यी बनाएका थिए । दुवै समूहको उक्त दाबी र सङ्गठन विस्तारलाई निर्वाचन आयोगले मान्यता नदिएपछि नेकपा कानुनीरुपमा विभाजित हुनबाट जोगिएको हो ।
सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले भने आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको छ ।