११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब

२० माघ २०७७, मंगलवार १०:२४

माघ २०, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १४.१० अङ्कले वृद्धि भई ४५१.३८ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत वृद्धि भएको छ । कूल २०० कम्पनीको एक करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ मूल्यमा खरिद बिक्री भए । 

आजको सुधारपछि कूल बजार पूँजीकरण पनि रु ३३ खर्बमाथि पुगेको छ । नेप्सेका अनुसार आजको कूल बजार पूँजीकरण रु ३३ खर्ब ३२ अर्ब ४१ लाख ७० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो । होटल ६२.०८ ले घट्दा बैंकिङ ३३.७१, व्यापार ३३, विकास बैंक २८.३८, जलविद्युत् ३३.९४, वित्त १.४४, निर्जीवन बीमा ६२६.२, उत्पादन ६१.२९, अन्य ८०.०२, लघुवित्त १५२.१२, जीवन बीमा ५९४.२४ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । 

कारोवार भएका कूल कम्पनीको शेयरमध्ये आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड ५६ लाख ९८ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै, ग्लोबल आइएमई बैंक रु ५३ करोड ६३ लाख ४८ हजार ९०९, नेपाल दूरसञ्चार कम्पनी रु ३८ करोड ४३ लाख ४५ हजार १५०, शिखर इन्स्योरेन्स रु ३४ करोड ढ१ लाख ७८ लाख ३३८, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड चार लाख २१ हजार १८, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८७ लाख ७२ हजार ३३९, नेको इन्स्योरेन्स रु २२ करोड २४ लाख ४६ हजार ४२२, एनआइसी एशिया बैंक रु १६ करोड ५६ लाख २३ हजार ९९६, नोपल इन्स्योरेन्स रु १४ करोड १९ लाख ५६ हजार ७४२ र एनएलजी इन्स्योरेन्सको रु १३ करोड ६० लाख ८५ हजार ८६९ बराबरको कारोवार भई शीर्ष १० मा रहेका छन् । 

कारोवारका आधारमा आज प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ९.९८, सर्पोट माइक्रो फाइनान्स ९.९८, गुराँस लघुवित्त ९.९५, अजोड इन्स्योरेन्स ९.९०, रिलायान्स लाइफ ९.९०, सानिमा जनरल इन्स्योरेन्स ९.८७, जनरल इन्स्योरेन्स ९.८६ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए । यस्तै, ओरण्टल होटल ४.१५, सोल्टी होटल २.७०, श्री इन्भेस्टमेन्ट फाइनान्स २.६२, तारागाँउ रिजेन्सी होटल २.४५, सेञ्चुरी बैंक २.३७, नारायणी डेभलपमेन्ट बैंक २.३६, वेस्ट फाइनान्स २.३५ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले २.३४ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह