२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार युवालाई सहुलियत ऋण

२२ माघ २०७७, बिहीबार ०६:३६

माघ २२, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने प्रक्रिया शुरुआत  गरेको छ । यस सम्बन्धी नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता समेत भएको छ ।  

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा समावेश गरेको ‘युवा स्वरोजगार’ कार्यक्रम सञ्चालनका लागि नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता भइसकेको नगरप्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । वैदेशिक रोजगारबाट फर्किएका युवा तथा गाउँका अन्य बेरोजगार युवालाई स्वरोजगार बनाउने कार्यक्रमअन्तर्गत नगरपालिकाले रु एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । नगरपालिकाले विनियोजन गरेको बजेटमा  बैंकले समेत रु एक करोड ५० लाख थप गर्दै रु तीन करोड ऋण प्रवाह गर्ने सम्झौता भएको उहाँले बताउनुभयो  । 

सो द्विपक्षीय सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख राना, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा तथा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक रघुनाथ न्यौपाने र कावासोती शाखा प्रमुख भुवनेश्वर पाण्डेले हस्ताक्षर गर्नुभएको छ । नगरपालिका र बैंकबीच सम्झौतामा हस्ताक्षर भएपछि अब बैंकले सहुलियत दरमा युवालाई ऋण प्रवाह गर्ने नगरप्रमुख रानाले बताउनुभयो । उहाँका अनुसार बैंकले पुरुषका लागि साढे तीन प्रतिशत र महिलाका लागि दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ ।

वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई कार्यक्रममार्फत सहुलियतदरमा ऋण उपलब्ध गराउन सिफारिस गरिने छ । उद्यमी बन्न चाहने बेरोजगार युवाले रु ५० हजारदेखि रु १५ लाखसम्म ऋण पाउने र सो ऋण पाँच वर्षभित्र चुक्ता गर्नुपर्ने छ । “पाँच वर्षभित्र ऋण चुक्ता गर्ने गरी युवाहरुसँग सम्झौता गरेर ऋण प्रवाह गराउने तयारी गरेका छौँ”, नगरप्रमुख रानाले भन्नुभयो, “आवश्यकतानुसार ऋण चुक्ता गर्नुपर्ने मिति थप हुन पनि सक्छ ।”

आफ्नै गाउँमा केही उद्यम गर्न चाहने युवालाई उपलब्ध गराइने सहुलियत दरको ऋण फलदायी हुने  प्रबन्धक  न्यौपानेले जानकारी दिनुभयो । सहुलियत कर्जा लिएर नतिर्ने प्रवृत्ति रोक्नका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढिएको उहाँको भनाइ छ । ‘वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रम’ नामाकरण गरिए पनि यो योजनामार्फत विदेश नगएका वा जान नचाहने युवालाई पनि समावेश गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र करिब तीन हजार युवाले बेरोजगार रहेको बताइएको छ ।“नगरभित्र तीन हजार युवा बेरोजगार रहेको तथ्याङ्क हामीसमक्ष आएको छ”, नगरप्रमुख रानाले भन्नुभयो, “हामीलाई उपलब्ध भएको तथ्याङ्क नै बेरोजगार युवाको सङ्ख्या हो भनेर भन्न सकिने अवस्था चाहिँ छैन ।” युवालाई ऋण प्रवाह गर्ने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने