माघ २३, काठमाडौँ । सभामुख अग्नि सापकोटाले संवैधानिक निकायमा गरेका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । संसदीय सुनुवाइ नगरिकनै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि नियुक्ति गरेको भन्दै सापकोटाले बदर गर्न माग गरेका हुन् ।
यद्दपी रिट निवेदन दर्ता हुन् भने बाँकी छ । संसदीय सुनुवाइ नगरिकनै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेकी थिइन् । उक्त निक्युक्ति प्रति सभामुखले असन्तुष्टि जनाएका छन् ।
यसअघि संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कलप्रति नै फिर्ता पठाएका थिए । मन्त्रिपरिषद्को सिफाईरिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेकी थिइन् ।