माघ २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली युवाहरुले रोजगारीका लागि विदेश जानु नपर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । शुक्रबार नेकपा ओली समूहले नारायणहिटी अगाडी आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले विदेश जानु नपरोस भन्नका लागि रोजगारीका अवसरहरु सातै प्रदेशमा स्थापना गरिरहेको बताएका छन् । 'अब हाम्रा नेपालीहरु विदेश जानु नपरोस भन्नका लागि रोजगारीका अवसरहरु सातै प्रदेशमा स्थापना गर्दैछौ' उनले भने,'युवा स्वरोजगार,प्रधानमन्त्री रोजगार कार्यक्रम सातवटै प्रदेशमा लागु गरिसकेका छौं ।'
ओलीले युवा रोजगारीको लागि प्रदेशहरुमा औद्योगिक क्षेत्र तोकेर सरकारले काम गरिरहेको बताएका छन् । उनले हरेक पालिकामा औद्योगिक ग्रामहरुको स्थापना गरिरहेका छौं, उनले भने ।