२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभा सफल बनाएकोमा सबैलाई धन्यवाद

२०७७, २४ माघ शनिबार १४:२०

माघ २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले शुक्रबार नारायणहिटी सङ्ग्रहालय अगाडि गरिएको वृहत जनसभा सफल बनाएकोमा सवैलाई धन्यवाद ज्ञापन गरेको छ । 

कमिटीका अध्यक्ष आनन्द पोखरेलले आज विज्ञप्ति जारी गर्दै वृहत सभा सफल बनाएकोमा पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सञ्चारकर्मी, नागरिक समाज र जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको हो । 

उहाँले सभाको कारण काठमाडौँका ट्राफिक जामका कारण आवतजावतमा असहज अवस्थामा पनि सहजताका साथ कार्यक्रम सफल बनाउन समर्थन र सद्भाव सहित सहयोग गर्नुहुने काठमाडौँ उपत्यका लगायत सवै समुदायप्रतिसमेत धन्यवाद व्यक्त गर्नुभयो । नेकपाले “अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ नारायणहिटी सङ्ग्रहालय अगाडि शुक्रबार सभा गरेको थियो । 

सभालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा र स्थायी कमिटी सदस्य सत्यनाराणय मण्डलले सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली