2026-07-25 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३४ खर्ब

माघ २५, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३० विन्दुले बढेर ४५९.३२ मा पुगेको छ । 

नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि रु साढे १० अर्ब बराबरको भएको छ । कूल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ मूल्यमा खरीदबिक्री भयो । नेप्सका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख ७० हजार बराबर पुगेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३.७१, विकास बैंक ०.१७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले ओरालो लागेको छ । 

यस्तै व्यापार ८२.८२, होटल २७.५२, जलविद्युत् ५९.२१, वित्त १६.०९, निर्जीवन बीमा ४९०.३, उत्पादन ४१.७१, अन्य ५३.९२, लघुवित्त ३३४.२५ र जीवन बीमा ५७२.११ विन्दुले बढेको छ ।  

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड १७ लाख ४९ हजार ७९७ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स रु ३१ करोड ७६ लाख ९७ हजार ९४४, शिखर इन्सुरेन्स रु ३१ करोड ४६ लाख ८२ हजार ९७३, ग्लोबल आइएमई बैंक रु २९ करोड ४६ लाख सात हजार ३४३, छिमेक लघुवित्त विकास बैंक रु २६ करोड ९७ लाख ९९ हजार ५५९, डिप्रोक्स लघुवित्त रु २६ करोड पाँच लाख ५० हजार २७७, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड ८१ लाख ४० हजार ६९५, नेशनल लाइफ इन्सुरेन्स रु २३ करोड ३२ लाख ८२ हजार ७८८ र स्वावलम्बन लघुवित्त रु २२ करोड २० लाख ७९ हजार २९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती सबै कम्पनीको शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले समान ९.९९ प्रतिशतले कमाए । 

यस्तै नेपाल फाइनान्स ६.२७, ङादी ग्रुप ४.७४, सनराइज फस्ट म्युचुअल फन्ड ३.०२, नारायणी डेभलपमेन्ट बैंक २.७९ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ