माघ २९, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
राष्ट्रपति विद्या देवी भण्डारीलाई लिएर दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न बोलाइएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार राष्ट्रपतिप्रति अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको हो ।
नेकपा ओली निकट अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्नुपर्ने माग गरेको थियो । झाक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी थिइन् ।