माघ २९, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहकी नेतृ रामकुमारी झाक्री पक्राउ गर्न प्रहरी उनको निवास पुगेको छ । बानेश्वर स्थित झाक्रीको निवास अगाडी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
'केपी चोर देश छोड' ,राम कुमारी झाक्री हाइहाइ जस्त्रा नारा लगाएर कार्यकर्ताहरुले प्रदर्शन गरीरहेका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीलाई लिएर दिइएको अभिव्यक्तिबारे झाक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको हो । यसअघि ओली निकट अखिल नेपाल महिला संघले झाक्रीलाई कारबाही गर्न माग गरेको थियो। अहिले प्रहरी उनको निवास भित्र छिरेर पक्राउ गर्न खोजिरहेको छ भने कार्यकर्ताले नारावाजी लगाएका छन् ।
उनले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रप्रतिलाई लिएर टिप्पणी गरेकी थिइन् ।