३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँकेका चार पर्यटनस्थल आयोजनाका लागि छनोट

४ फाल्गुन २०७७, मंगलवार ०८:२८

फागुन ४, बाँके । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।  

बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत रु पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले रु तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहेको छ । 

शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत रु पाँच करोडमध्ये मन्त्रालयले रु तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहने छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकामा मन्त्रालयले रु चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको रु दुई करोड ४५ लाख लगानी रहने छ । 

राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेको छ । यसको निमार्णका लागि मन्त्रालयले रु चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको रु दुई करोड ४८ लाख लगानी रहेको छ । 

मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना  छनोट भएका छन् । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन् ।

सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् । 

सामुदायिक सुरक्षा साइरन जडान 

समुदायमा हुने विभिन्न आपराधिक घटनामा कमी ल्याई शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१८ बुद्धनगर टोलमा सामुदायिक सुरक्षा साइरन तथा सिसिटिभी जडान गरिएको छ । बुद्धनगर टोल सुधार समितिमा आवद्ध ३५ वटा घरबाट रु दुई हजारका दरले रकम सङ्कलन गरी जडान गरिएको कम्युनिटी सेक्युरिटी साइरन एण्ड सिसिटिभीको हालै उद्घाटन गरिएको छ । यो प्रविधिको प्रयोगले टोल समुदायमा हुने चोरी, डकैती, लुटपाट, लागुऔषधलगायत अन्य अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँग र प्रहरी प्रमुख ओमजङ्ग राणाले व्यक्त गर्नुभयो । 

टोलमा कुनै पनि समस्या आइपरेमा मोबाइलबाटै दिइएको कोड थिचेर टोलवासीले आफैँ साइरन बजाउन सक्नेछन् । साइरनको आवाज सुनेपछि र मोबाइलमा म्यासेज हेरेर सम्बन्धित व्यक्तिको घरमा पुगी समस्या समाधान गर्ने विश्वास टोल सुधार समितिका अध्यक्ष राजेश केशर खनालको छ । प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहज हुने भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी यो अभियानलाई बढावा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली