२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बारीमै थन्कियो डोटीमा किसानको अदुवा

४ फाल्गुन २०७७, मंगलवार ०९:२४

फागुन ४, काठमाडौँ। जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो । वर्षभरिको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बहाना बनाउँदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानको गुनासो रहेको छ । ग्राहक नआउदा बारीमै अदुवा कुहिन थालेपछि किसान निराश भएको बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी टेकबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षभरिको आम्दानी अदुवा थियो त्यही पनि किन्न व्यापारी आउदैनन्, बारीमै कुहिने भयो ।” अदुवा किन्न ग्राहक नआउँदा तथा किसानले काँचो अदुवाको मूल्य प्रतिकेजी रु ६० तोकेपछि बिक्री वितरणका लागि झनै समस्या भएको किसानको भनाइ छ । 

मकै र कोदो छाडेर अदुवाखेती गर्दैआएका यहाँका किसान अदुवा बिक्री नभएपछि चिन्तित बनेका छन् । जिल्लाको बडिकेदार, जोरायल, बोगटान फुड्सिललगायतका गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेको जोरायल गाउँपालिका–६ निरौलीका हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले मनग्य आम्दानी होला भनेर अन्य खेती छोडेर अदुवाखेती गरेका छन्, अदुवा किन्न ग्राहक नै आउदैनन् निकै समस्या भयो ।” अदुवा जिल्लाको बिपीनगर, जोरायल, खसरेमा भण्डारण गरी त्यहाँबाट बिक्री वितरण हुने भए पनि यो वर्ष किसानको बारीबाट नै अदुवा नआएपछि अदुवा भण्डारण केन्द्र पनि खाली अवस्थामा रहेका छन् । 

खाद्यबाली र तरकारीको विकल्पमा अदुवालगायका कृषक अदुवा नै बिक्री नहुन थालेपछि यो वर्ष कसरी घरखर्च चलाउने भन्ने समस्यामा परेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी स्थानीय बन्दना विष्ट (कलेल) ले बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्यान्न र तरकारी लगाउन छोडेर अदुवाखेती गरियो अहिले बिक्री नै भएको छैन, अब कसरी हातमुख जोर्ने भन्ने पिर परेको छ ।” 

उचित बजार, मूल्य तथा ग्राहक नपाउँदा यहाँका किसानको सयौँ किलो अदुवा बारीमै थन्किएको स्थानीय शान्तिदेवी कलेलले जानकारी दिनुभयो । यहाँका घागल, बर्छैन, लानाकेदारेश्वर, मन्नाकापडी, कोला, स्याली, निरौली, खसरे, चिउरी, भुजाली, सडेखान, छेडा, गैमोडा, जैसिबाज, रिठारा, बुडाकोट, रिसडीलगायतका ठाउँमा व्यावसायिक रुपमा उदुवा उत्पादन हुन्छ । यहाँ उत्पादित अदुवाको प्रमुख बजार विपीनगर, शिवनगर, कैलालीको अत्तरिया तथा भारतका शहर हुन् । यति मात्र नभइ भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा  किन्न थालेका कारण कृषक मारमा परेका छन् । 

बडिकेदार गाउँपालिकामा दुई हजार घरधुरीले व्यावसायिक अदुवाखेती गर्दै आएको बडिकेदार गाउँपालिका–१ भक्तबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका अधिकांश किसानले वर्षमा कम्तीमा एक जनाले तीनदेखि चार क्वीन्टलसम्म अदुवा उत्पादन गर्छन् । अन्य खेती भन्दा अदुवाखेती गर्न सजिलो तथा मनग्य आम्दानी हुने भएका कारण पनि किसान पछिल्लो समय अदुवा खेतीमा अकर्षित हुँदै गएको बडिकेदार गाउँपालिका कृषि एकाइ केन्द्रले जनाएको छ । 

धान उत्पादन वृद्धि 

मान्म– कालीकोटमा गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षमा मौसम राम्रो भएकाले धान उत्पादन २५ प्रतिशतले बढेको छ । कालीकोटमा चालू आर्थिक वर्षमा धान उत्पादन बढेको कृषि विकास कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिनुभयो । “धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा जिल्लाकै बढी धान उत्पादन भएको छ ।” 

उहाँले भन्नुभयो,“चालू आर्थिक वर्षमा इतिहासकै बढी धान उत्पादन भएको हो ।”कालीकोटमा धान मात्र नभएर अन्य बाली पनि चालू आर्थिक वर्षमा ४०० मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । कोरोना महामारीका कारणले विदेशवाट घर फर्केका बेरोजगार युवाका लागि ५० लाखसम्मको लागि कृषि व्यवसाय प्रवद्र्धन अन्तर्गत जिल्लामा तीन सय जनाको आवेदन परेको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार पचास लाख बजेटमा तीन सय बेरोगारको दरखास्त परेकाले छनोटमा समस्या भएको र एक जनालई रु एक लाखसम्म बजेट पर्ने र तीन सय जनामा ५० जनासम्म छनोट गर्ने तयारी कार्यालयले गरेको छ ।

असिनाले तरकारी बारीमा क्षति

दमौली– सोमबार साँझ परेको असिना पानीले तनहुँका विभिन्न भागमा हिउँदेबाली र तरकारी खेतीमा क्षति पुगेको छ । असिना पानीले हिउँदेबाली र तरकारी खेतीमा पूर्ण क्षति पु¥याएको तनहुँको शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । यसपालीको हिउँद लागेपछि पहिलो पटक यति ठूलो वर्षा भएको हो । 

एकातिर खेतीपाती गर्ने बेलामा परेको पानीले किसानलाई राहतको महसुस गराएको छ, तर अर्कोतर्फ भीषण असिनाले लाखाँैको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार असिनाले पु¥याएको क्षतिको विवरण आउन बाँकी छ । 

शुक्लागण्डकी नगरपालिका र भीमाद नगरपालिकामा भीषण असिना पानी परेको हो । अपरान्ह ४ बजेदेखि शुक्लागण्डकीको सेतीपारीका वडामा असिना पानी परेको हो । ढोरफिर्दी, छब्दी, साँखे, कोलम्फे गुर्दुमलगायतका स्थानमा असिना बर्सिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु