2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा राजनितिक दलका प्रतिनिधिलाई निर्वाचन आचारसहिंता प्रशिक्षण

दान बहादुर बुढा । फाल्गुन ७, मुगु । जिल्ला स्थित राजनितिक दलका नेता कार्यकर्ता,सरोकारवाला निकायलाई एकदिने निर्वाचन आचारसंहिता प्रशिक्षण दिईएको छ ।  जिल्ला निर्वाचन कार्यालय मुगुको आयोजनामा  यँहाका  सरोकारवाला निकायलाई प्रशिक्षण दिईएको हो । 

गत पुष ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक र अलोकन्त्रात्रिक ढंगले प्रतिनिधि सभा विघटन गरे लगत्तै सोही बमोजिम आगामि बैशाख महिनाको १७ र २७ गतेको लागि तोकिएको अध्यावधिक निर्वाचनको पुर्व सन्ध्यामा विहिवार यहाका दल,उम्मेदवारलाई निर्वाचन आचारसहिंता सम्बन्धि नियम निति पालनाको प्रशिक्षण प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख विकास विकले बताए । 

कार्यालय प्रमुख बिकका अनुसार निर्वाचन आयोग नेपालले दिएको परिपत्र अनुुसार जिल्लामा रहेका दल, म्मेदवारहरुलाई अन्तक्रिया तथा निर्वाचन आचारससहिंता कार्यान्वयनका विषयमा छलफल गरिएको बिकले बताए । 

प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिका अनुसार सर्बोच्च अदालतमा फैसालाको भने बिचाराधिन अवस्थामा रहेदा पनि निर्वाचन आयोगले निर्वाचनको तयारी तिब्र गतिमा अगाडी बढाईरहेको बताए ।

उनले भने मतदान स्थलमा राजनितिक दल,उम्मेदवार , सुरक्षाकर्मी,सञ्चारकर्मी , लगायत मतदानमा खटिने व्यक्ति लाई ४८ घण्टा अगाडी जानकारी दिनु पर्ने बताए । प्रजिअका अनुसार जुलुस , आमसभामा भाग लिने ब्यक्तिले दलको निर्वाचन चिन्ह,झण्डा,अंकित कपडा,टोपि क्याप,अन्य अंकित चिन्हरु लाई लगाउन र बोक्ने नहुने जानकारी दिए ।  

साथै संघ,प्रदेश र स्थानीय तहका दल र उम्मेदवारहरुले सरकारले तोके बमोजिम रेडियो , एफ.एम , पत्रपत्रिका छपाई तथा प्रकाशन तथा प्रशारण गर्ने जानकारी दिएका छन् ।  

भूमि आयोगको कार्यालय स्थापना ,विधिगत रुपमा उद्धघाटन 

मुगुमा भूमि सम्बन्धी समस्या समाधान आयोग  जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । सरकारले भर्खरै गठन गरेको उक्त आयोगको ७७ जिल्लामा कार्यालय स्थापना गर्ने क्रममै आज मुगुको गमगडी बजारमा कार्यालय स्थापना भएको आयोगका अध्यक्ष सोनाम छिरिङ्ग लामाले बताए ।  

आयोगबाट जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत जाग्गा सम्बन्धी सबै समस्या समाधान गरिने छ । विहिवार कार्यालय स्थापना कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति मुगुका अध्यक्ष सोनाम छिरिङ्ग लामाले मुगुमा भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताए । 

साथै  विपन्न, दलित, भूमिविहीन नागरिकलाई विशेष प्राथमिकता दिएर आवश्यकता अनुसारको जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने उनको भनाई छ । उनले भने, ‘हाल चार वटै स्थानीय तहमा कति भूमिविहीन नागरिक छन्, जग्गा सम्बन्धी कहाँ कस्ता समस्या छन् भन्ने बारे लगत सङ्कलन हुनेछ ।’ 

भुमी सम्बन्धी सबै भन्दा सदरमुकाम गमगढी बजारमा रहेका दर्जनै सरकारी कार्यालयका जग्गा अर्तिक्रमण र जिल्लामा रहेका बिभिन्न स्थानमा सार्बजनिक बनजंगल तिब्र रुपमा अतिक्रमण भएको छ । अन्य दैवीय प्रकोपबाट जग्गा क्षेती भएका तर लालपुर्जा भएका धेरै ब्याक्तिहरु छन तिनीहरुको पहिचाहन गरी समस्या समाधान गर्न हुन भूमी सुधार आयोग मुगुका टिमलाई सुझाव सहित कार्याकालको पूर्ण सफलताको कामना मुगु जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्ण बहादुर रोकायाले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल