२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा राजनितिक दलका प्रतिनिधिलाई निर्वाचन आचारसहिंता प्रशिक्षण

७ फाल्गुन २०७७, शुक्रबार १२:३२

दान बहादुर बुढा । फाल्गुन ७, मुगु । जिल्ला स्थित राजनितिक दलका नेता कार्यकर्ता,सरोकारवाला निकायलाई एकदिने निर्वाचन आचारसंहिता प्रशिक्षण दिईएको छ ।  जिल्ला निर्वाचन कार्यालय मुगुको आयोजनामा  यँहाका  सरोकारवाला निकायलाई प्रशिक्षण दिईएको हो । 

गत पुष ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक र अलोकन्त्रात्रिक ढंगले प्रतिनिधि सभा विघटन गरे लगत्तै सोही बमोजिम आगामि बैशाख महिनाको १७ र २७ गतेको लागि तोकिएको अध्यावधिक निर्वाचनको पुर्व सन्ध्यामा विहिवार यहाका दल,उम्मेदवारलाई निर्वाचन आचारसहिंता सम्बन्धि नियम निति पालनाको प्रशिक्षण प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख विकास विकले बताए । 

कार्यालय प्रमुख बिकका अनुसार निर्वाचन आयोग नेपालले दिएको परिपत्र अनुुसार जिल्लामा रहेका दल, म्मेदवारहरुलाई अन्तक्रिया तथा निर्वाचन आचारससहिंता कार्यान्वयनका विषयमा छलफल गरिएको बिकले बताए । 

प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिका अनुसार सर्बोच्च अदालतमा फैसालाको भने बिचाराधिन अवस्थामा रहेदा पनि निर्वाचन आयोगले निर्वाचनको तयारी तिब्र गतिमा अगाडी बढाईरहेको बताए ।

उनले भने मतदान स्थलमा राजनितिक दल,उम्मेदवार , सुरक्षाकर्मी,सञ्चारकर्मी , लगायत मतदानमा खटिने व्यक्ति लाई ४८ घण्टा अगाडी जानकारी दिनु पर्ने बताए । प्रजिअका अनुसार जुलुस , आमसभामा भाग लिने ब्यक्तिले दलको निर्वाचन चिन्ह,झण्डा,अंकित कपडा,टोपि क्याप,अन्य अंकित चिन्हरु लाई लगाउन र बोक्ने नहुने जानकारी दिए ।  

साथै संघ,प्रदेश र स्थानीय तहका दल र उम्मेदवारहरुले सरकारले तोके बमोजिम रेडियो , एफ.एम , पत्रपत्रिका छपाई तथा प्रकाशन तथा प्रशारण गर्ने जानकारी दिएका छन् ।  

भूमि आयोगको कार्यालय स्थापना ,विधिगत रुपमा उद्धघाटन 

मुगुमा भूमि सम्बन्धी समस्या समाधान आयोग  जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । सरकारले भर्खरै गठन गरेको उक्त आयोगको ७७ जिल्लामा कार्यालय स्थापना गर्ने क्रममै आज मुगुको गमगडी बजारमा कार्यालय स्थापना भएको आयोगका अध्यक्ष सोनाम छिरिङ्ग लामाले बताए ।  

आयोगबाट जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत जाग्गा सम्बन्धी सबै समस्या समाधान गरिने छ । विहिवार कार्यालय स्थापना कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति मुगुका अध्यक्ष सोनाम छिरिङ्ग लामाले मुगुमा भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताए । 

साथै  विपन्न, दलित, भूमिविहीन नागरिकलाई विशेष प्राथमिकता दिएर आवश्यकता अनुसारको जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने उनको भनाई छ । उनले भने, 'हाल चार वटै स्थानीय तहमा कति भूमिविहीन नागरिक छन्, जग्गा सम्बन्धी कहाँ कस्ता समस्या छन् भन्ने बारे लगत सङ्कलन हुनेछ ।' 

भुमी सम्बन्धी सबै भन्दा सदरमुकाम गमगढी बजारमा रहेका दर्जनै सरकारी कार्यालयका जग्गा अर्तिक्रमण र जिल्लामा रहेका बिभिन्न स्थानमा सार्बजनिक बनजंगल तिब्र रुपमा अतिक्रमण भएको छ । अन्य दैवीय प्रकोपबाट जग्गा क्षेती भएका तर लालपुर्जा भएका धेरै ब्याक्तिहरु छन तिनीहरुको पहिचाहन गरी समस्या समाधान गर्न हुन भूमी सुधार आयोग मुगुका टिमलाई सुझाव सहित कार्याकालको पूर्ण सफलताको कामना मुगु जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्ण बहादुर रोकायाले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह