साउन २२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेनाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेनाल"/>
१७ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

एकिकृत बस्ती निर्माणमा धुर्मुसलाई सघाउँदै नेपाली सेना

२२ श्रावण २०७३, शनिबार ०८:१५

साउन २२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेनाले श्रमदान गरेर सघाउने भएको छ । 

बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनले अपील गरेपछि सैनिक हेडक्वाटरको निर्देशन अनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरान्चौर पुगेको हो । उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकिकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्नेछ । 

नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भिमटारमा भूकम्प पिडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ । गिरान्चौर एकिकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमति संघले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन गुल्म मेलम्चीका सेनानी श्याम गोतामेले जानकारी दिएका छन् । 

बस्ती निर्माणका लागि सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहयोग गरेका थियो । 

दशैँ अघि नै बस्ती हस्तान्तरण गर्नका लागि जनशक्तिको आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सेना तयार रहेको उनले बताएका छन् । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले पहिलो बस्ती निर्माणको समयमा सेनाले ठूलो सहयोग पुर्याएको स्मरण गर्दै अहिले प्राप्त सहयोगले समयमै बस्ती हस्तान्तरण गर्न आँट बढेको प्रतिक्रिया दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक