४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा अमेरिकी हवाई कारबाही, इरान समर्थक १७ लडाकू मारिए

१४ फाल्गुन २०७७, शुक्रबार ०६:५६

फागुन १४, काठमाडौँ । सिरियामा भएको अमेरिका आवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । 

पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गर्नु भएको छ  । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छ्रैन् । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ