साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । 

कार्यालयले सोही अवधिमा घर सापटीमा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । 

कार्यालयले सोही अवधिमा घर सापटीमा र"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवा निवृत्त कर्मचारीलाई बाइस करोड ९३ लाख भुक्तानी

२२ श्रावण २०७३, शनिबार ०९:२६

साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । 

कार्यालयले सोही अवधिमा घर सापटीमा रु २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा रु २१ लाख ३० हजार साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कार्यालयले ३५ जना सञ्चयकर्तालाई घर सापटीमा करिब रु ९ करोड १५ लाख चार हजार र शैक्षिक सापटीमा १२ जनालाई रु दुई करोड २७ लाख २६ हजारसमेत ऋण प्रवाह गरेको थियो । 

शाखाले सोही अवधिमा नौ हजार २९० जना सञ्चयकर्तालाई रु एक अर्ब सात करोड ७९ लाख ३७ हजार विशेष सापटी दिएको थियो । 

सामाजिक सुरक्षण सुविधा अन्तर्गत छजनालाई कल्याणकारी बिमा तर्पm रु सात लाख ९० हजार, काजकिरिया खर्च अनुदान तर्पm २१ जनालाई रु पाँच लाख ८० हजार, दुर्घटना क्षतिपूर्ति तर्पm चार जनालाई चार लाख र सुत्केरी तथा शिशु स्याहार खर्च अनुदानतर्पm ७१८ जनालाई रु ५३ लाख ८५ हजार प्रदान गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो । 

सबै रोजगारलाई सञ्चयकोष भन्ने अभियान अन्तर्गत यो अवधिमा ११ वटा सङ्घ संस्थाका करिब २०० कर्मचारी तथा कामदारको कोषकट्टी रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सम्झौता गरिएको थियो । 

कोषमा आवद्ध सञ्चयकर्ता कर्मचारीलाई दुर्घटना क्षतिपूर्तितर्पm एक लाख २५ हजार, काजकिरिया खर्चतर्पm रु .३० हजार र औषधोपचार शीर्षकमा बढीमा रु ५० हजार र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत रु सात हजार ५०० सहुलियत दिइने गरिएको छ । 

सञ्चयकर्ता कर्मचारीलाई कोषले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा औषधोपचार गर्दा कोषको परिचयपत्रको आधारमा परीक्षण शुल्कमा रु ५० , भर्ना शुल्कमा रु १००, एक्सरेमा कम्तीमा १० प्रतिशत, ल्याब परीक्षणमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशत छुटको व्यवस्था समेत मिलाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक