Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सेवा निवृत्त कर्मचारीलाई बाइस करोड ९३ लाख भुक्तानी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, पोखरा । कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ ।

कार्यालयले सोही अवधिमा घर सापटीमा रु २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा रु २१ लाख ३० हजार साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यालयले ३५ जना सञ्चयकर्तालाई घर सापटीमा करिब रु ९ करोड १५ लाख चार हजार र शैक्षिक सापटीमा १२ जनालाई रु दुई करोड २७ लाख २६ हजारसमेत ऋण प्रवाह गरेको थियो ।

शाखाले सोही अवधिमा नौ हजार २९० जना सञ्चयकर्तालाई रु एक अर्ब सात करोड ७९ लाख ३७ हजार विशेष सापटी दिएको थियो ।

सामाजिक सुरक्षण सुविधा अन्तर्गत छजनालाई कल्याणकारी बिमा तर्पm रु सात लाख ९० हजार, काजकिरिया खर्च अनुदान तर्पm २१ जनालाई रु पाँच लाख ८० हजार, दुर्घटना क्षतिपूर्ति तर्पm चार जनालाई चार लाख र सुत्केरी तथा शिशु स्याहार खर्च अनुदानतर्पm ७१८ जनालाई रु ५३ लाख ८५ हजार प्रदान गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

सबै रोजगारलाई सञ्चयकोष भन्ने अभियान अन्तर्गत यो अवधिमा ११ वटा सङ्घ संस्थाका करिब २०० कर्मचारी तथा कामदारको कोषकट्टी रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सम्झौता गरिएको थियो ।

कोषमा आवद्ध सञ्चयकर्ता कर्मचारीलाई दुर्घटना क्षतिपूर्तितर्पm एक लाख २५ हजार, काजकिरिया खर्चतर्पm रु .३० हजार र औषधोपचार शीर्षकमा बढीमा रु ५० हजार र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत रु सात हजार ५०० सहुलियत दिइने गरिएको छ ।

सञ्चयकर्ता कर्मचारीलाई कोषले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा औषधोपचार गर्दा कोषको परिचयपत्रको आधारमा परीक्षण शुल्कमा रु ५० , भर्ना शुल्कमा रु १००, एक्सरेमा कम्तीमा १० प्रतिशत, ल्याब परीक्षणमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशत छुटको व्यवस्था समेत मिलाएको छ । रासस