कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवाल"/>
२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउन सरोकारवालाको प्रतिबद्धता

२२ श्रावण २०७३, शनिबार १५:४९

कमल रावल | साउन २२, अछाम | कालिका गाबिसमा विनियोजित बजेटलाई सहि कार्यान्वयन गराउनका लागि आफनो आफनो तर्फ सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

गाबिसको आर्थिक वर्ष २०७२।०७३ को विनियोजित खर्चको कार्यान्वयन र प्रभावकारीताको विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिले राज्यको बजेट विनियोजित गराएर मात्र प्रभावकारी रुपमा खर्च हुनु पर्नेमा जोड दिएका थिए । कालिका गाबिसमा विकास निर्माण लगाएत लक्षित वर्ग कृषि, दलित, वालवालिका, महिलाका क्षेत्रमा राज्यको निति तथा नियम अनुसार विनियोजित हुने गरे पनि सहि सदुपयोग हुन नसकेको सहभागिले गुनासो गरेका थिए । सहभागिले जसको पहुच त्यहाँ सम्म पुग्छ त्यो व्यक्तिले मात्र फाईदा उठाएको बताएका थिए । कार्यक्रममा गाबिसको चालु तर्फको ४ लाख ६३ हजार र पुँजीगत तर्फको १७ लाख ८९ हजार ३ सय ७ गरि जम्मा २२ लाख ५२ हजार ३ सय ७ बजेटको समिक्षा गरिएको थियो । गाबिसको लक्षित वर्गले पाउने कृषिको १५ प्रतिशत २ लाख ५३ हजार ८ सय ७२, दलितको १५ प्रतिशत २ लाख ५३ हजार ८ सय ७२, महिलाको १० प्रतिशत १ लाख ६९ हजार २ सय ४८ र वालवालिकाको १५ प्रतिशत २ लाख ५३ हजार ८ सय ७२ राज्यको निति अनुसार नै विनियोजित भएको पाईएको छ । महिला क्षेत्रको ५० हजार र ग्रामिण सडक निर्माणका लागि वनियोजित ३५ हजार यस वर्ष फ्रिज गएकाले सहभागिले गुनासो गरेका थिए । आगामि दिनमा समयमै अनुगमन समितीले पनि सुझाव दिएर बजेट सहि सदुपयोगका लाग्नु पर्ने भनाई राखेका थिए । 

कार्यक्रममा नेपाली काग्रेसका गाउँ कार्य समिती सभापति राम बहादुर रावल, नेकपा एमालेका प्रेम बहादुर रावल, नेकपा माओवादि केन्द्रका गाउँ कमिटी अध्यक्ष तर्क टमट्टा, पुर्व गाबिस सचिव डम्मर सिँह रावलले बजेट सहि कार्यान्वयनका लागी स्थानियले पनि नियमित खबरदारि गरिरहनु पर्ने बताएका थिए । राज्यको बजेट गाँउको विकासका लागि नै विनियोजित हुने भएकाले यसको लाभ सबैले पाउनु पर्ने भएकाले विकास कागजमा नभई गाउमा देखिनु पर्ने बताएका थिए । कार्यक्रममा गाबिस सचिव एँव अध्यक्ष शोमा देवि थापामगरले गाबिसको बजेट सहि सदुपयोगका लागी गाबिसले केहि गर्न नसक्ने भएकाले गाबिसका राजनितिज्ञ तथा सरोकारवालाले कार्यान्वयनका लागी लाग्नु पर्नेमा जोड दिनु भएको थियो । राज्यको निति अनुसार आफुले काम गरिरहेकाले यसपालि कालिका गाबिसको झण्डै ८५ हजार रकम फ्रीज जानुमा सम्बन्धीत क्षेत्रको ढिलाईका कारण भएकाले आगामि दिनमा यस्ता कमी कमजोरि सुधार्दै लैजाने बताउनु भएको थियो ।

कार्यक्रममा फियान नेपालका कार्यक्रम संयोजक धुव्र सुनार, दलित सेवा सँघका कार्यक्रम संयोजक प्रकाश ताम्राकार, मालिका विकास संघका केशर रावल, रुडेक नेपालका पदम ओलीले कालिका गाबिसमा लक्षित वर्गको क्षेत्रमा राज्यको निति अनुसार विनियोजित भएतापनि खर्च गर्न कार्यलाई सुधार्नु पर्ने बताएका थिए । कालिका गाबिसको आयोजना, फियान नेपाल, युरोपियन युनियन डान चर्च एडको प्राविधिक सहयोग तथा मालिका विकास संघ र दलित सेवा संघको कार्यान्वयनमा भएको कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका कमल रावल र चन्द्र थापाले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ