2026-09-19 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी

फागुन २४, काठमाडौं । शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए । 

उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउँदै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए । चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको  विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा सिलान्यास गरे। सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे। 

२०७२ सालको भुकम्बाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै भने ‘यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको छ ।’ उनले भने,’भारतले करिब ७० विद्यालय पुननिर्माण गरीरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।’

सो अवसरमा उनले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायीत्व सरकारको भएको बताए । उनले अभिभावकले  विदेशमा सरकारी विद्यालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दैअब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे । 

कार्यक्रममा बोल्दै काउन्सीलर शर्माले नेपालको व्द्यिालय पुननिर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग रहने बचनबद्धता व्यक्त गरेका थिए । उनले भने ‘नेपाल र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहनेछ ।

भारत सरकारको करिब साढे ६ करोड ४८ लाख रुपैंयाँ लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले  १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई