२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

३ चैत्र २०७७, मंगलवार ०२:१७

चैत ३, काठमाडौं । खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । 

अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले बताउँदै आएको छ । व्यवसायीको गुनासो सम्बोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइलको अवैध आयात बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

गत चैतदेखि असारसम्म नेपालमा भएको बन्दाबन्दीपछि मोबाइल फोनको आयात ह्वात्तै बढ्यो । कोरोनापछि कामहरू अनलाइनमार्फत हुन थालेकाले माग बढे पनि व्यवसायीले अवैध आयात रोकिएकाले पनि आयात बढेको देखिएको बताउँदै आएका थिए ।

हालसम्म आधिकारिक दर्ता नभएका मोबाइल फोन बन्द गर्ने कुनै पनि प्रविधि छैन । तर एमडीएमएसले नेपालमा भएका मोबाइल फोनलाई सेतोसूची, खैरोसूची र कालोसूचीमा राख्छ । 

सेतोसूचीमा  आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका हुने र कालोसूचीमा अनधिकृत फोन हुने प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

कालोसूचीमा भएका मोबाइल फोन बन्द गरिने भएकाले आधिकारिक कम्पनीबाट आयात भएका मोबाइल फोन मात्र नेपालमा चल्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य