नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन"/>
२१ मंसिर २०८२, शनिबार
जुम्ला - JML

पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

२४ श्रावण २०७३, सोमबार ०४:३६

नन्दराम जैशी | साउन २४, जुम्ला | जुम्लाको सरकारी टोली आइतबार बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो । 

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलिलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगाएत सर्बसाधाणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन् ।  

बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाइ दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतिको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ । त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पुजा गर्नको लागि जाने गर्दछ । बडिमालिका भवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलिलाइ नेपाली सेनाले सलामी दिएर सदरमुकामबाट विदाइ गरेको हो । परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रहि आएको संस्कृतीविद रमानन्द आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन जुम्लाका कार्यालय जुम्लाका खरीदार गोविन्द खनालको नेतृत्वमा आज प्रस्थान गरेको एका टोलि १७ दिन पछि जुम्ला सदरमुकाम आइ पुग्ने गर्दछ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टिका, विनायो, चाँदीको कांगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाइएको छ ।

त्यस्तै भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसँगै मार्सिधानको अक्षता, फुलपाती, फलफुल, ध्वजा तोरण जस्ता प्रसादहरु पठाएका छन् । जिल्लाबाट गएको टोलिसँगै गाँउ गाँउबाट पनि अन्य भर्मालम्बीहरु थपिदै जाने गर्दछन् । समाजसेवि चित्रलाल श्रेष्ठको घरबाट भगवति निकालेर चन्दननाथ, भैरबनाथ मन्दीर परीक्रममा पछि सो टोलि बढिमालिका प्रस्थान गरेको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य