२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला, परीक्षा जेठमा हुने

१६ चैत्र २०७७, सोमबार ०६:१५

चैत्र १६, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला गरेको छ । परिषद्ले सोमबार एक सूचना जारी गर्दै आगामी २०७८ साल जेठ महिनामा  संचालन हुने अधिवक्ता परीक्षाको लागि दरखास्त दिन आव्हान गरेको हो  ।

बागमती प्रदेशको काठमाडौं, प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ । तर कानून व्यवसायी परीक्षा सञ्चालन निर्देशिका, २०५५ बमोजिम उपत्यका बाहिर रहने परीक्षा केन्द्रमा ५० जना भन्दा कम परीक्षार्थी संख्या भएमा सो केन्द्रमा परीक्षा सञ्चालन हुने छैन ।

अधिवक्ता तहको २९ औं परीक्षामा सहभागी हुन नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा १७(१) बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजातहरु नोटरी पब्लिकद्वारा प्रमाणित गराई मिति चैत्र १६ गतेदेखि २०७८बैशाख १५ गतेसम्म तोकिएको दरखास्त फाराम  पूर्णरुपमा भरी बुझाउन आव्हान गरिएको छ । म्याद समाप्त भएको भोलिपल्टबाट अर्को सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त फाराम बुझाउन सकिने छ । दरखास्त फाराम रू. एक सय बुझाई परिसद बाट खरिद गर्न सकिनेछ ।

परीक्षा दस्तुर वापत रू.२ हजार ५ सय बुझाएको सिद्धार्थ बैंकको च.हि.नं. ००११५४०३९१९ (सिद्धार्थ बैंकको नगद संकलन केन्द्र परिषद् मा नै रहेको छ) को सक्कल बैंक भौचर दरखास्त फाराम साथ पेश गर्नु पर्नेछ ।

परीक्षा कार्यक्रम र परीक्षा केन्द्र सम्बन्धी जानकारी आगामी २०७८ साल जेठ महिनाको पहिलो हप्ताभित्र परिषद्को वेवसाइट मार्फत प्रकाशित गरिने जनाइको छ । परीक्षाको पाठ्यक्रम र निर्धारित नजीर परिषद्को वेवसाइट https://nepalbarcouncil.org.np/ बाट डाउनलोड गर्न सकिनेछ । दरखास्तवाला व्यक्ति कुनै सरकारी वा गैर सरकारी कार्यालय वा संघ/संस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न वा अन्य व्यवसायमा संलग्न रहेको भए कानून व्यवसायी परीक्षा उत्तीर्ण भएपछि सम्बन्धित निकायका अख्तियारवालाबाट कानून व्यवसाय गर्ने अनुमति प्रदान गरिएको पत्र पेश गर्नु पर्नेछ । अनुमति पत्र पेश गर्न नसकेमा नोकरीबाट वा व्यवसायबाट अलग भएका बखत प्रकृया पूरा गरी प्रमाणपत्र लिन सक्नेछन् । 

अधिवक्ता तहको परीक्षामा परीक्षार्थीले प्रवेशपत्र र लेख्ने कलम बाहेकका मोबाइल लगायतका विद्युतीय सामग्री तथा पर्स लगायत कुनै पनि चिज वस्तु परीक्षा हल भित्र लान निषेध गरिएको छ । परीक्षा सम्बन्धी अन्य जानकारीका लागि परिषद्को वेवसाइट हेर्न सकिनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य