२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

१९ चैत्र २०७७, बिहीबार १०:१९

चैत १९, काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।

गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन् । प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेसगैँ नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त एयरलाइन्सले उक्त सुविधा पाउनेछन् । आइकाओको अनुमतिको आधारमा प्राधिकरणले उक्त सेवा उपलब्ध गराउन अनुमति दिनेछ ।

दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै उक्त सुविधा दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालयलगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । 

यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । उक्त दुई देशपछि आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एशियाकै तेस्रो देश नेपाल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव