नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन

२४ श्रावण २०७३, सोमबार ११:४१

नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ लाख २५ हजार ७ सय ४६ रुपयाँ राजश्व संकलन गरेको हो । जुन लक्षको  तुलनामा १ सय ६४ प्रतिशतले बढी हुन आउछ । कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा ८७ लाख ५३ हजार बराबरको राजश्व संकलन गर्ने लक्ष राखेको थियो । तर लक्षको भन्दा तिन गुना भन्दा बढी राजश्व संकलन भएको माहाकाली भन्सार कार्यालयका प्रमुख डिल्लीराम सुवेदीले बताए । 

गएको आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व फागुन महिनामा (१६ लाख ४६ हजार ६ सय ४९) उठेको थियो भने सबैभन्दा कम असारमा (८ लाख ७१ हजार) उठेको थियो ।

सुवेदीका अनुसार गएको वर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशका अन्य नाकाहरुबाट समान ढुवानी कम भएका कारण माहाकाली भन्सार कार्यालयले बढी राजश्व उठाएको हो । बैतडीको जुलाघाट नाका भने अघोषित नाकाबन्दीको समयमा पनि खुल्ला नै रहेको थियो । 

उक्त नाकाबाट आयातित समान बैतडी, डडेल्धुरा, बझाङ, दार्चुलाका ग्रामिण भेग लगायतका ठाँउमा पुग्ने गर्दछ । बैतडीको मुख्य प्यापारीक केन्द्र भारतको झुलाघाटलाई मानिन्छ । 

कुनै समय खुबै भिडभाड हुने उक्त व्यापारीक केन्द्रमा पछिल्ला वर्षहरुमा भने चहलपहल कम हुने गरेको छ । जिल्लाका विभिन्न भेगहरुमा ग्रामिण सडकको पुहुँच विस्तार भएपछि भारतको झुलाघाट नाकामा चहलपहल कम भएको हो । 

उक्त नाकाबाट बढीजसो सिमेन्ट, कपडा, गुड, चिनी र प्लास्टीक चप्पलहरु आयात हुने भन्सार कार्यालयले जनाएको छ ।  


क्याप्सन १: नेपालको जुलाघाट र भारतको झुलाघाट जोड्ने जुलाघाट नाका 


क्याप्सन २: बैतडीको जुलाघाटमा रहेको माहाकाली भन्सार बाट बैतडी सदरमुकाम आउने जुलाघाट रोडमा समान ढुवानी गर्दै स्थानीय भरीयाहरु

तस्बिर: नरी बडु/साझासवाल 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण