Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु | साउन २४, बैतडी | जिल्लाको जुलाघाटमा रहेको माहाकाली भन्सार कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा लक्षको भन्दा तेब्बर बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले गएको आर्थिक वर्षमा १ करोड ४४ लाख २५ हजार ७ सय ४६ रुपयाँ राजश्व संकलन गरेको हो । जुन लक्षको  तुलनामा १ सय ६४ प्रतिशतले बढी हुन आउछ । कार्यालयले गएको आर्थिक वर्ष ०७२/७३ मा ८७ लाख ५३ हजार बराबरको राजश्व संकलन गर्ने लक्ष राखेको थियो । तर लक्षको भन्दा तिन गुना भन्दा बढी राजश्व संकलन भएको माहाकाली भन्सार कार्यालयका प्रमुख डिल्लीराम सुवेदीले बताए ।

गएको आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व फागुन महिनामा (१६ लाख ४६ हजार ६ सय ४९) उठेको थियो भने सबैभन्दा कम असारमा (८ लाख ७१ हजार) उठेको थियो ।

सुवेदीका अनुसार गएको वर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशका अन्य नाकाहरुबाट समान ढुवानी कम भएका कारण माहाकाली भन्सार कार्यालयले बढी राजश्व उठाएको हो । बैतडीको जुलाघाट नाका भने अघोषित नाकाबन्दीको समयमा पनि खुल्ला नै रहेको थियो ।

उक्त नाकाबाट आयातित समान बैतडी, डडेल्धुरा, बझाङ, दार्चुलाका ग्रामिण भेग लगायतका ठाँउमा पुग्ने गर्दछ । बैतडीको मुख्य प्यापारीक केन्द्र भारतको झुलाघाटलाई मानिन्छ ।

कुनै समय खुबै भिडभाड हुने उक्त व्यापारीक केन्द्रमा पछिल्ला वर्षहरुमा भने चहलपहल कम हुने गरेको छ । जिल्लाका विभिन्न भेगहरुमा ग्रामिण सडकको पुहुँच विस्तार भएपछि भारतको झुलाघाट नाकामा चहलपहल कम भएको हो ।

उक्त नाकाबाट बढीजसो सिमेन्ट, कपडा, गुड, चिनी र प्लास्टीक चप्पलहरु आयात हुने भन्सार कार्यालयले जनाएको छ ।

क्याप्सन १: नेपालको जुलाघाट र भारतको झुलाघाट जोड्ने जुलाघाट नाका

क्याप्सन २: बैतडीको जुलाघाटमा रहेको माहाकाली भन्सार बाट बैतडी सदरमुकाम आउने जुलाघाट रोडमा समान ढुवानी गर्दै स्थानीय भरीयाहरु

तस्बिर: नरी बडु/साझासवाल