२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९ वर्ष खाडीमा कमाएको ८० लाख अमेरिका जान गुमेपछि गाउँमै बाख्रापालन

२०७७, २५ चैत्र बुधबार ०८:०८

चैत २५, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले  यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको  बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुखेसो छैन । 

सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट हुनुहुन्छ । म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बीउ आकिसिएकाले बीउ अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुशी छन् ।

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उहाँ खुशी हुनुहुन्छ । छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

दुई वर्षसम्म आयातित तरकारीको भरपर्नु पर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । विशेषगरी कोरोना भाइरसको कारण भारती तरकारी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् । 

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु पाँच करोड भन्दा बढी आम्दानी हुने कृषकको भनाइरहेको छ । तरकारीपछि म्याग्दीका किसान च्याउखेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् । दुई दशक पहिले गाउँघरमा दूध विक्न मुस्किल हुने म्याग्दीमा अहिले भने दूधको खोसाखोस नै हुने गरेको छ । जब शहर बजार जस्तै गाउँमा क्रमिक रूपमा दूध बिक्न थाल्यो किसानले विस्तारै दूधबाट आम्दानी लिन थाले । 

मङ्गला गाउँपालिका–२ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक रु ८५ हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले पछिल्लो समय दूध बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

त्यसैगरी यहाँका किसानले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा राक्से, मालिका गाउँपालिका– ७ बिम, बेनी नगरपालिका–२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिकरुपमा च्याउखेती शुरु गरिएको छ ।

बेनी नगरपालिका– ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत तीन वर्षदेखि च्याउखेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ बिक्री गरेर वार्षिक रु चार लाख कमाउन थालेपछि उनीहरुको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ । च्याउ बिक्री गरेर गत वर्ष म्याग्दीमा रु ६५ लाख आम्दानी भएको च्याउ कृषकले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा पछिल्लो समय बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । जसको उदाहरण हुन् बेनी नगरपालिका–२ खबरका कर्णबहादुर खड्का । नौ वर्ष अरबको खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालनव्यवसाय शुरु गर्नुभएको छ । खड्काले साउदी, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको रु ८० लाख अमेरिका जाने प्रयासमा डुबेपछि  गाउँमा नै फर्किएर बाख्रापालन व्यवसाय शुरु गर्नुभएको हो ।

चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाउनुभएको हो । खड्काले खाडी मुलुकमा कमाएको पैसाले बेनी र पोखरामा गरी तीन वटा घडेरी जोड्नुभएको थियो । 

 “म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो, अनि त्यहीँबाट फर्काइ दियो,” उहाँले भन्नुभयो, “राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।” शुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रापालन गर्न थाल्नुभयो । 

खड्काले रु सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी रु १५ लाखको लगानीमा बाख्रापालन व्यवसाय थाल्नुभयो । दिप्सन कृषि तथा पशुपक्षी फर्म दर्ता गरी शुरु गरेको व्यवसायमा अहिले  ४० स्थानीय र बोयर क्रस जातका बाख्रा छन् । खड्का जस्तै जिल्लाका ४० जना युवाले पछिल्लो समय बाख्रापालन व्यवसाय शुरु गरेका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । सबैभन्दा बढी मङ्गला गाउँपालिकाका युवा बाख्रा पालनतर्फ लागेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ