2026-09-19 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आलोपालोको कक्षा सञ्चालन गर : शिक्षा मन्त्रालय

वैशाख ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले  तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ । 

मन्त्रालयमा आज बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सर्न आग्रह गर्नुभयो । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकारसमेत रहेको उहाँले भनाइ राख्नुभयो ।  

शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो । उहाँले स्वाथ्य मापदण्डलाई कडाइकासाथ पालना गर्न आग्रह गर्नुभएको छ ।  विज्ञान सचिव डा सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । उहाले पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई सङ्क्रमण देखिएको भन्दै सबै क्षेत्रमा गम्भीर हुनुपर्ने बताउनुभयो । 

यस्तै मन्त्रालयले  कोभिड–१९ को सङ्क्रमण वढ्दो अवस्थामा रहेको र त्यसवाट विशेषत ः विद्यालय जाने उमेर समूहका विद्यार्थीमा सङ्क्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ । 

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को अवस्थामान विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको जानकारी दिनुभयो । उहाँले भीडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको सङ्क्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न भनिएको बताउनुभयो ।

यस्तै सबै विद्यालयलाई जनस्वास्थ्यसम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्न, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा सङ्क्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन मन्त्रालयका प्रवक्ता शर्माले  आग्रह गर्नुभएको छ । 

यस्तै विद्यालय वन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र वन्द गरिएका विद्यालय पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाको पालना गर्नुहुनका साथै विद्यालय वन्द वा आंशिकरूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था वमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिन समेत विज्ञप्तिमा भनिएको छ ।  

बैठकमा शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्याल, मन्त्रालयका सहसचिव डा हरी लम्साल, सहसचिव इमनारायण श्रेष्ठ, डा तुल्सी थपलियासमेतले विद्यालय बन्द र सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने सुझाव दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई