2026-08-23 06:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

वैशाख ५, काठमाडौँ (रासस) । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।

प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तारको तयार भएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्र पोखरा–विराटनगर उडान गर्न लागेको हो । उहाँका अनुसार पहिलोपटक बुद्धले अन्तर प्रदेशीय उडान शुरु गर्न लागेको हो । बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ ।

नयाँ गन्तव्यमा सातामा तीन उडान

बुद्धले अन्तर प्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ छ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ । शुरुआती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गरिनेछ । बुद्धले हाल नौ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

बुद्धले यही वैशाख १८ गतेदेखि शुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगञ्ज रुटमा रु चार हजार ५००, पोखरा–विराटनगरमा रु छ हजार, पोखरा–सिमरामा रु चार हजार ३००, पोखरा–भैरहवामा रु तीन हजार १००, भैरहवा–भरतपुरमा रु दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा रु तीन हजार १०० भाडादर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो