2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

वैशाख ५, काठमाडौँ (रासस) । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ ।

प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तारको तयार भएको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्र पोखरा–विराटनगर उडान गर्न लागेको हो । उहाँका अनुसार पहिलोपटक बुद्धले अन्तर प्रदेशीय उडान शुरु गर्न लागेको हो । बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ ।

नयाँ गन्तव्यमा सातामा तीन उडान

बुद्धले अन्तर प्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ छ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ । शुरुआती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रुको माग र चापका आधारमा उडान सङ्ख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गरिनेछ । बुद्धले हाल नौ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

बुद्धले यही वैशाख १८ गतेदेखि शुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगञ्ज रुटमा रु चार हजार ५००, पोखरा–विराटनगरमा रु छ हजार, पोखरा–सिमरामा रु चार हजार ३००, पोखरा–भैरहवामा रु तीन हजार १००, भैरहवा–भरतपुरमा रु दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा रु तीन हजार १०० भाडादर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने