२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बन्नेछ बल्खुमा एमाले पार्टी कार्यालयको भवन, ओलीले गरे शिलान्यास (८ तश्वीर)

२०७८, ९ बैशाख बिहीबार ०७:०३

वैशाख ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् ।

एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने उनले बताए ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय अब थापाथलीबाट सन्चालन गर्ने तयारी छ । भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।


नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मदननगर बल्खुमा निर्माण हुने केन्द्रीय कार्यालय, भवनको शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्वीर: चन्द्रकला क्षेत्र/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा