मोहन चन्द | साउन २५, बैतडी | सडकको द्रुत विकास संगै बैतडीमा पनी गत आर्थिक वर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहन चन्द | साउन २५, बैतडी | सडकको द्रुत विकास संगै बैतडीमा पनी गत आर्थिक वर्"/>
२३ चैत्र २०८१, शनिबार
अर्थ/विकास

सामुदायिक वनको लगानीमा स्थानिय सडक निर्माण

२५ श्रावण २०७३, मंगलवार १०:३३

मोहन चन्द | साउन २५, बैतडी | सडकको द्रुत विकास संगै बैतडीमा पनी गत आर्थिक वर्ष भित्र मुख्य र शाखा सडकहरुको निर्माण कार्य द्रुत गतीमा भएको पाईएको छ । द्रुत निर्माण कार्यमा जिविस, मन्त्रालय र स्थानियको निजी लगानीमा सडक निर्माण भएको जिविस बैतडीकाले जानकारी दिनु भएको छ ।

जिल्लामा भईराखेको सडक विस्तारको द्रुत गती संगै तल्लो स्वराडको विकट गाविस शर्माली मा सामुदायिक वनले आफ्नो निजी लगानीमा ११ किलोमिटर सडकको निर्माण कार्य शुरु गरेको छ । 

आर्थिक वर्षको शुरुवातसंगै सुल्लेखान शर्माली साखा सडक खण्डको सामुदाएक वनको लगानीमा ट्रयाक खन्ने काम द्रुत गतीमा भैरहेको नागार्जुन उमावि  शर्माली का प्राचार्य माहमल साउदले बताएका छन् ।

 शर्माली गाविसमा रहेको अमरगडी सामुदायिक वनको निजी लगानीमा पाटन पञ्चेश्वर मुख्य सडक खण्डको सुल्यखान बाट छुटयार अमरगडी सामुदायिक वन सम्मको जम्मा ३५ लाख ७५ हजारको लागत लाग्ने निर्माण समिती एवम सामुदायिक वनका अध्यक्ष भरत मडैले महाकाली खवर लाई जानकारी दिएका छन् ।

अध्यक्ष मडैका अनुसार यती ठुलो रकम वनले खोटो बेचेर अमदानी गरेको बताए । मडै भन्नुहुन्छ आज सम्म सडकको समस्याले गर्दा खोटो तेती विक्री नहुने गर्दथ्यो अव विक्री हुन्छ र अगाडीको भन्दा अव वनले वढी आय संकलन गर्छ । यो शाखा सडकले महाकाली गाविस, उदैदेव र शर्माली गाविसका जन्ता लाई प्रत्यक्ष लाभ हुने छ ।

सडकको निर्माण कार्य शुरु भए देखी स्थानिय आफ्नै घर आगन वाट मोटर चढेर तराई र सदरमुकाम जान पाउने भएको भन्दै महाकाली गाविस वाड नं. ९ का ईश्वर कलौनीले खुसी व्यक्त गरे ।

 जिल्ला को अन्तीम छेउ जाहा भारतको सिमाना सुरु हन्छ त्यो ठाउँ हो सर्माली र महाकाली गाविस आज समय परिवर्तन संगै त्यो ठाउमा मोटर गुडने सडक बन्दा स्थानिय कल्पना नगरेको सपना पुराभएको र आयस्तर वृद्धी हुनाका साथै सुविधा भएको भनी खुसी भएका छन् ।

यो संगै शर्माली गाविसको व्यापार प्रवद्धन, धार्मिक र प्रयटकिय स्थल ( अमरगडी किल्ला) को प्रचार प्रशार हुनाको साथै गाविसको आन्तिरिक आयमा पनी बृद्धी हुने शर्माली भल्याका स्थानिय समाजसेवी मदन साउदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?