१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा उच्च अङ्कको गिरावट

१२ बैशाख २०७८, आईतवार १२:५८

वैशाख १२, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर रु सात अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख ५० हजार हाराहारीमा छ । 

कारोवार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४, सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो । सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोवार भयो ।

यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४, नबिल बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोवार भयो ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिदा महिला लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ । यस्तै, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडविल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले कमाए । त्यस्तै,चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, युनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक