२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर, अनलाइनबाटै तालिम

१६ बैशाख २०७८, बिहीबार ०५:५२

 वैशाख १६, काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन खुला गरिएको शिखर इन्स्योरेन्सले जनाएको छ। 

उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेको छ। 

यसपटकका लागि खुलाइएको अभिकर्ताका लागि आवेदन दिने अन्तिम मिति बैशाख १७ गते साँझ ५ बजेसम्म रहेको जनाईएको छ। अभिकर्ता बन्न चाहनेले [email protected] मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले जनाएको छ। 

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो ।

यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिने कम्पनीले जनाएको छ। यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट मार्फत पनि लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान