२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकको जागिरको लागि २२ हजारको आवेदन स्वीकृत, कुन पदमा कति आवेदन पर्यो ? (विवरणसहित)

१६ बैशाख २०७८, बिहीबार ०७:२३

वैशाख १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले पदपूर्तिका लागि खुलाएको विज्ञापनमा आवेदन दिएकामध्ये आवेदन स्वीकृत भएकाको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने २२ हजार २ सय ७० जना आवेदकको आवेदन स्वीकृत भएको छ । 

राष्ट्र बैंकले २ तहका विभिन्न ५ समूहमा गरी जम्मा ५० पदका लागि गरेको आवेदनमा अनलाइन आवेदन दिनेमध्ये रीत पुर्याई आवेदन दिने आवेदकको विवरण बुधबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले ३ पुस २०७७ मा अधिकृतस्तरका तीन समूह र सहायकस्तरका २ समूहमा कर्मचारी माग गरेको थियो । दरखास्तका लागि अन्तिम म्याद २३ पुससम्म दिइएको थियो । दोब्बर दस्तुर तिरेर भने १ माघसम्म आवेदन दिने व्यवस्था थियो । निर्धारित अवधिभित्र आवेदन दिएका उम्मेदवारहरुको अवेदन रुजु गरी आवेदकको नामावलीसहितको विवरण जारी गरिएको हो ।

सहायक (सहायक द्वितीय) प्रशासन समूहका लागि जम्मा १० पदका लागि विज्ञापन भएकोमा १७ हजार ५ सय ८९ आवेदकको आवेदन स्वीकृत भएको छ । सो पदका लागि न्यूनतम शैक्षिक योग्ता १२ कक्षा (१०+२) पास कायम गरिएको थियो । सहायक द्वितीयकै कानुनतर्फको विज्ञापनमा भने २ पदका लागि १६६ जनाले आवेदन दिएका छन् ।

अधिकृततर्फ तीन समूहका लागि भएको विज्ञापनमा सहायक निर्देशक (प्रशासनतर्फ) ३१ पदका लागि ३ हजार ७ सय ७२ जनाको आवेदन स्वीकृत भएको छ । त्यस्तै, सहायक निर्देशक लेखा/लेखापरीक्षणतर्फ ५ पदका लागि ६ सय ७३ र सहायक निर्देशक वाणिज्य कानुनतर्फ २ पदका लागि ७० जनाको आवेदन स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

कुन पदमा कतिले दिए आवेदन ?

सहायक निर्देशक (अधिकृत तृतीय)

माग पद संख्या – ३१

स्वीकृत आवेदन संख्या – ३,७७२

सहायक निर्देशक (अधिकृत तृतीय), लेखा/लेखापरीक्षण

माग पद संख्या – ५

स्वीकृत आवेदन संख्या – ६७३

सहायक निर्देशक (अधिकृत तृतीय), वाणिज्य कानुन

माग पद संख्या – २

स्वीकृत आवेदन संख्या – ७०

सहायक (सहायक द्वितीय)

माग पद संख्या – १०

स्वीकृत आवेदन संख्या – १७,५८९

सहायक (सहायक द्वितीय), कानुन

माग पद संख्या – २

स्वीकृत आवेदन संख्या – १६६









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ