१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सगरमाथामा हालसम्मकै बढी आरोही : ४३ अनुमति जारी

१८ बैशाख २०७८, शनिबार ०६:४१

वैशाख १८, काठमाडौँ । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आज जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोड बढी रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । 

विभागका निर्देशक मीरा आचार्यले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताउनुभयो । मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उहाँको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधारशिविर पुगिसकेका छन् । सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा  पुगिसकेका छन् ।

कोभिड महामारीका कारण अघिल्लो सन् २०२० को वसन्त आरोहण स्थगन भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहण पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह