जेठ ५, काठमाडौँ | बुधबार बिहान लमजुङको मर्स्याङ्दी गाउँपालिका केन्द्रविन्दु बनाई ५.८ रेक्टर स्केलको ठूलो धक्का सहितको भूकम्प गएको छ । त्यसको तीन घण्टाको अन्तरमा बुधबार काठमाडौँसम्म धक्का महशुस हुने गरि फेरी अर्को भूकम्प गएको छ ।
बिहान ५ बजेर ४२ मिनेटमा लमजुङमा भूकम्पको ठूलो धक्काले ओछ्यानमै सुतिरहेका स्थानीयहरु घरबाहिर भागेक थिए । भूकम्पको डरले भागेका स्थानीयहरुले फेरी भूकम्प फर्कन्छ भन्दै घरबाहिरै बसेका थिए ।
तश्वीर: मर्स्याङ्दी गाउँपालिका
त्यहि क्रममा फेरी तीन घण्टाको अन्तरमा बुधबार बिहान ८:२६ बजे ५.३ रेक्टरको अर्को भूकम्प गएको छ । पछिल्लो धक्का काठमाडौँसम्म महशुस भएको छ । दुबै भूकम्पको केन्द्रविन्दु लमजुङको भुलभुलेनै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र जानकारी दिएको छ ।
भूकम्पको धक्कासंगै १० बर्षीय बालकको भाग्ने क्रममा टाउकोमा चोट लागेको र एक दर्जन बढी माटोका घरहरु चर्किएको खबर प्राप्त भएको र भूकम्पको कारण भएको क्षेतीको थप विवरण संकलनकै क्रममा रहेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्षअर्जुन गुरुङले साझा सबाल मिडियालाई जानकारी दिएका छन् ।