साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् । 

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् । 

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक द"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धौलागिरिका पचास सहकारी खारेज

२७ श्रावण २०७३, बिहीबार ११:१८

साउन २७, बागलुङ । पछिल्लो दश वर्षको अवधिमा धौलागिरि अञ्चलका ५० सहकारी खारेजीमा परेका छन् । 

खारेज हुने सहकारीमा २५ वटा बागलुङका छन् । कारोबार नगरी निस्क्रिय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक दिलबहादुर केसीले जानकारी दिनुभयो । सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण डिभिजन कार्यालयमा नबुझाउने, लेखा परीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । 

यस्तै पवर्तका १८ सहकारी, म्याग्दीका ६ र मुस्ताङको एउटा सहकारी खारेज भएको छ । दुई वर्षभन्दा बढी सयमदेखि निस्क्रिय रहेका सहकारीलाई खारेज गर्ने प्रावधान छ । खारेज भएका अधिकांश सहकारी चार/पाँच वर्षदेखि निक्रिय अवस्थामा थिए । 

डिभिजन सहकारी कार्यालयको तथ्याङ्क अनुसार बर्सेनि पाँचदेखि सात वटासम्म सहकारी खारेजीमा पर्ने गरेका छन् । एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धौलागिरि अञ्चलमा १२ वटा सहकारी एकीकरण भएका डिभिजन सहकारी कार्यालयले जनाएको छ । हाल बागलुङमा ४६१, पर्वतमा ३३१, म्याग्दीमा २१३ र मुस्ताङमा ३८ सहकारी दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ