पढ्न करिब 2 मिनेट लाग्छ

जेठ ११, काठमाडौँ (एजेन्सी) | पाकिस्तानमा एक विमानभित्र एक प्रेम जोडीले रोमान्स गरेको समाचार चर्चित बनेको छ । बिमानभीत्रै ति जोडीले रोमान्स र चुम्बन गरेपछि यस विषयलाई लिएर सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता भएको छ ।

घटना पाकिस्तानको हो । कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि यो घटना घटेको हो । ट्रिब्यूनको समाचार अनुसार, प्रत्यक्षदर्शी यात्रीहरुको यस्तो दावी छ कि विमानको चौथो लाइनको सिटमा बसेका एक जोडीले अचानक विमानभीत्र चुम्बन गर्न थालेका थिए, जुन देखेर बाकी यात्रीहरुलाई असहज भएको थियो ।

विमानमा सवार यात्रीहरुले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिएका थिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरेकी थिइन् तर उक्त जोडीले कसैको कुरालाई चासो नदीई आफ्नो हर्कत गरिरहे । त्यसपछि एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।

ट्रिब्यूनको रिपोर्टका अनुसार घटनाको बिषयमा केही यात्रीहरुले ति जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन समेत आग्रह गरेका थिए तर उनीहरुले भने 'हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?'

सोहि बिमानमा सवार एक वकिल बिलाल फारुक अल्वीले उक्त घटनालाई लिएर क्याविन क्रूले कुनै एक्शन नलिएको भन्दै सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । उक्त घटनाको छानवीन भईरहेको छ ।

यस अघि तीन बर्ष अघि पनि यी जोडी इस्लामाबाद सिटी सेन्टरमा बसेर चुम्बन गरिरहेको भेटिएको थियो । पुलिसले तय लगत्तै यी जोडीलाई गिरफ्तार गरेको थियो । पाकिस्तानमा सार्वजनिक अश्लीलताको मुद्धामा तीन महीनाको जेल सजाय हुने व्यवस्था छ ।