2026-09-12 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

जेठ १४, काठमाडौँ | एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपनाजस्तो लागेको बताउँछन् । “यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो । देशभर कोरोनाका कारण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पुर्याउन काम रोकिएन,” मल्लको भनाइ छ । 

पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेनाले पाएपछि काममा तीव्रता पाएको उनले उल्लेख गरे ।

सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो । कोरोना सङ्क्रमण सुरु भएयता सेनाले सडक निर्माण कार्यलाई झनै तीव्रता दिएको थियो । रात दिन नभनी कोरोना कहरमै पनि काममा तीव्रता दिँदा सेनाले हुम्ला खण्डमा आफ्नो जिम्मा रहेको सडक निर्माण गर्न सफल भएको स्थानीयवासीको भनाइ छ ।

– यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस