प्रेम सुनार । साउन–२७, गुल्मी । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु  किन्न पाईने भएको छ ।  विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको  स्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । साउन–२७, गुल्मी । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु  किन्न पाईने भएको छ ।  विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको  स्वर"/>
२१ मंसिर २०८२, शनिबार
अर्थ/विकास

तम्घासमा घरेलु वस्तु एउटै छाता मुनी

२७ श्रावण २०७३, बिहीबार १४:०२

प्रेम सुनार । साउन–२७, गुल्मी । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु  किन्न पाईने भएको छ ।  विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको  स्वरुममा  त्यस्तै सवै प्रकारका वस्तु पाईने भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेको कोसेलीघर स्वरुम तम्घासको पुतली वजारमा रहेको छ ।  त्यहाँ उत्पादित वस्तुहरुको अवलोक गर्दै प्रमुख जिल्ला अधिकारी राना मगरले गुल्मीमा धेरै प्रकारका कच्चा पदार्थहरु रहेको आफुलाई पहिल्लै देखि जानकारी भएको र ति कच्च पदार्थहरुलाई सदुपयोग गरेर घरेलु प्रयोगका वस्तुहरु वनाएर सरल वजार व्यवस्था मिलाएकोमा आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो । उहाँले  घरेलु वस्तु उत्पादनका लागि घरेलु तथा साना उद्योग ज्ञज्ञविकास समितिले खेलेको भुमिका प्रति धन्यवाद  समेत दिनु भएको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी डिलाराम पन्थीले  पनि मन्तव्य राख्नु भएको थियो ।

उद्घाट भए लगत्तै त्यस सो रुममा  ग्राहकहरुको भिड लागेको थियो । प्रमुख जिल्ला अधिकारी राना मगरले पनि सेरामिक्सका  आकर्षक वस्तुहरु  किन्नु भएको थियो ।   सो संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेले जाम जुस देखि चुक अचार सम्म र कुचो देखि दराज सम्मका सवै घरेलु वस्तुका अलवा हाम्रै गाउँमा उत्पादित सुईटर कपडाहरुको उचित वजार व्यवस्थापन गर्न घरेलु तथा साना उद्योग विकास समिति , गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति लगायतका संस्थाहरुले खेलेको भुमिका प्रति आभार प्रकट गर्नु भएको थियो ।   कोसेली घरका कोषाध्यक्ष विरबहादुर कार्कीका अनुसार ३८ जना शेयर सदस्यहरुबाट १० लाखको लागतमा सञ्चालन गरिएको हो ।

कोसेलीघरका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हरिप्रसाद पाण्डेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य