2026-10-17 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजगार व्यवसायी छन् है कम्पनी नवीकरणकै पीडामा’

गीत 

वै. रो. व्यवसायी छन् है, सय पठाउन नसकेकै पीडामा ।

एउटा राम्रो नेता चाहियो है, आठ सय चउन्नकै  भिडमा।।

बाचे घुमौंला है, सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है, हतार।।

बाँचेका भए पक्कै पार लाउथे होला अध्यक्ष  गैरेले ।

त्यस्को ठाउँमा खै को नै जन्मेला है अब ऐले।।

बाचे घुमौंला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।

एक सयको सिन्डिकेट बनाइ दिए वै. रो. मन्त्री बिष्ट राजाले।

सबै व्यवसायीहरु मुन्टो निहुराउदैछन् कम्पनी नवीकरण नहुने लाजले।।

दु:ख पाइस मंगले के गर्छ्स आफनै ढंगले।

करोडौंको धरौटी र वार्षिक एक सय अनिवार्य पठाउनु पर्छ भनि लेखेर दियो भन्छन् आफ्नै संघले।।

यो समस्याको पक्कै  समाधान  होला है अध्यादेशका धाराले।

व्यवसायीहरु चुपचाप बसेर के नवीकरण होला त यस्तो पाराले।।

बाचे घुमौ ला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।

सबैलाई छोयो भन्छन्  बजेटले वै.. रो लाई किन छोएन!

रेमिटेन्स बिना देश चल्दैन भन्छ सरकार तर यिनको ध्यान किन त्यता गएन!!

साह्रै सकारात्मक सोचका छन् रे विभागका डि जि, सचीव र मन्त्री ।

पक्कै तिमीहरूको कम्पनी नवीकरण हुन्छ भनि कसैले पधेरा भन्थि ।।

बाचे घुमौंला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।

पापी कोरोनाले बर्बाद बनायो घरमै थुनी राखेर।

बसेका छन् वै. रो. व्यवसायी घरभित्रै श्री उनै श्री पशुपतिनाथलाई नै भाकेर।।

आनन्दले पेसा गर्नुस् भन्थे प्र. म. ले तरकारी वाली र मेनपावर वाली।

 उनै प्र. म सत्तामा छन्  पक्कै नवीकरण त गरिदेला नि त है यसपाली।।

कहिले काहीँ  विज्ञप्ति निकाल्दैछन्  पूर्व अध्यक्ष जू बेलालामा।

अहिले पछुताएर के गर्नु यस्तो बनाए हुन्छ भनि सहमति दिए आफ्नै पालामा।।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो हतार।।

वै. रो भित्र छन् है धेरै  विभिन्न आस्थाका घटक ।

सबै मिलेर समस्याको समाधान निकाल्न अनुरोध छ है फेरि एकपटक।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।

किन चुपचाप बसेको छ है अहिले  हाम्रो वै रो संघ।

सबै समस्याको समाधान निकालोस है बेलैमा निकालेर ढंग।।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।

सबै काम मिलाउछु भन्थे वै रो  लोकतान्त्रिक व्यवसायी एसोसिएसनका अध्यक्ष ढकाल ।

उनी पनि छन् है मातृ शोकमा माता जि को मृत्यु भएर अकाल।।

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार।

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।।

सिन्डिकेट लगाउन पाइन्न भन्ने लेखेको छ भन्छन्  नेपालको संविधानमा।

किन त्यस्तो सिन्डिकेट बनाउने कुरा लेखियो त है फेरि  बिधानमा!

बाचे घुमौला है सरर युरोप अमेरिका हुँदै कतार

असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है हतार।

राज कुमार कार्की 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु