Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रामेछापमा पुननिर्माणको लागि २ अर्ब ७ करोड भन्दा बढी निकासा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल, साउन २८, रामेछाप । रामेछापमा निजी आवास पुननिर्माणको लागि अनुदान रकमको पहिलो किस्ता आइपुगेको छ । पहिलो किस्तामा ५० हजार दिने सरकारको निर्णय अनुसार जिल्लामा भूकम्पले पूर्णरूपमा क्षति भएका ४१ हजार ४ सय ३३ घरधुरीका लागि २ अर्ब ७ करोड १६ लाख ५० हजार जिल्लामा आईपुगेको कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा भूकम्पबाट अति प्रभाबित घरधुरीको संख्या ४२ हजार ५ सय ३७ भएपनि गत बर्ष नै अति प्रभाबित १ हजार १ सय ४ घरधुरीलाई अनुदान बापतको पहिलो किस्ता बितरण भईसकेको छ । अहिले आएको रकम ४५ दिन भित्रमा बितरण गरिसक्नु पर्ने छ । यो रकम जिल्ला को भुजि गाबिसबाट दिन सुरु गरिने कोलेनिका रामेछापले जनाएको छ ।

पिडीतले बैंकमा खोलेको खातामा रकम जम्मा हुनेछ । भूकम्प पिडितले आफू पिडित हो भनि जिल्ला बिकास समितिमा पेश गरेको प्रमाणका आधारमा जिबिसले कोलेनिकामा सिफारिस गरेपछि मात्रै रकम भूक्तानी हुने कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका प्रमुख मधु पोेख्रेलले जानकारी दिनुभयो ।