२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोर्दीखोलाले बगायो दुई घर

२०७८, १ असार मंगलवार १५:५९

असार १, लमजुङ (रासस) । यहाँ आइतबारदेखि निरन्तर परेको वर्षापछि आज आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ ।  दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर आज साँझ सो खोलाको बाढीले बगाएको हो ।

खोलामा पानीको बहाव बढिरहेको  र नजीकै भएकाले ती घर बगेका हुन् । घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नं। ११ चिती प्रहरीचौकीका पाँच  प्रहरी त्यसतर्फ जाँदै गरे पनि बाटो अप्ठ्यारो र पानी निरन्तर परिरहेकाले  पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । 

त्यस्तै सोही खोलाले दोर्दी– ६ कृतिपुरका कृष्ण घलेको कृषि फार्मसमेत बगाएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । जिल्लामा विभिन्न स्थानमा खोला नजीकै र जमीन कच्चा भएको स्थानका दर्जनाँै घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले समेत आज सूचना जारी गर्दै मस्र्याङ्दी र दोर्दी गाउँपालिका तथा बेँसीशहर, सुन्दरबजार र राइनास नगरपालिका  भएर बग्ने मस्र्याङ्दी नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै आसपास शाखा नदी कमजोर भिरालो जमीन क्षेत्रका बासिन्दालाई सुरक्षितसँग बस्नलाई आग्रह गरेको छ ।  

यतिबेला जिल्लाका मस्र्याङ्दी नदी तथा दोर्दी, किसेदी, रिस्ती, मिदिम खोलालगायत दर्जनौँ खोलामा समेत पानीको बहाव वृद्धि भइरहेको छ । वर्षा हुने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन् ।

कतिपय घरका बासिन्दा भने सुरक्षित स्थानमा बसेका छन् । आज मात्र जिल्लामा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी