2026-06-27 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

असार २, काठमाडौँ (रासस)। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएको छ ।  नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले  सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयले विज्ञप्ती जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र लक्षित उद्देश्य प्राप्तिका लागि मन्त्रालय सदैव क्रियाशिल हुने जनाउँदै निकाय प्रमुखहरूले आ–आफ्नो संस्थागत जिम्मेवारी मनन गरी कार्यसम्पादन गर्न आह्वान समेत गरेको छ । मन्त्री थापाले मन्त्रालयमा पदबहालीपछि यही जेठ ३० गतेदेखि मन्त्रालय सम्बद्ध निकायको स्थलगत भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री थापाले मन्त्रालयको कार्यक्षेत्र संवेदनशिल भएकोले देश र जनताको हितलाई केन्द्रमा राखी समयबद्ध कार्ययोजनासहित कार्य सम्पादन गर्न निकाय प्रमुखहरूलाई निर्देशन दिनुभएको थिायो । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्र व्यापक भएकोले निरन्तर परिवर्तनशील भूमिका निभाउन एक परिवारको रुपमा मन्त्रालयले आवश्यकताअनुसार निरन्तर समन्वयकारी भूमिका खेल्ने विषयमा आश्वास्त पार्नुभएको थियो । भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका निकायले निकायगत काम कारवाही, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, संस्थाको वर्तमान अवस्था, भावि कार्ययोजना एवं आगामी आबको बजेट कार्यक्रम प्रस्तुत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी